पत्रकार–भूपू खेलाडी मैत्रीपूर्ण फुटसल

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भूतपूर्व खेलाडी मञ्चबिच शनिबार शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा मैत्रीपूर्ण फुटसल भएको छ । खेल ८–८ गोलको बराबरीमा सकिएको थियो ।
खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुआती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भूतपूर्व खेलाडी मञ्चको पोस्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन ।
पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गरे । मन क्षेत्री, बिसन क्षेत्री, जसकाजी गुरुङ, प्रवीण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थपे ।
भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओमबहादुर गुरुङले दुई गोल गरे । दिनेशकुमार श्रेष्ठ, वीरबहादुुर गुरुङ, रामबहादुर गुरुङ, जगदीश गुरुङ, चीनबहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थपेका थिए । सुरुआती क्रममा पत्रकार मञ्च अगाडि निरीह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
यसअघि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । विश्व खेल दिवसको छेको पारेर नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूपू खेलाडी मञ्च यो कार्यक्रमको आयोजना गरेको हो ।
६ अप्रिलको दिनमा पर्ने यो दिवस विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइँदै छ ।
भूपू खेलाडी मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया