गलकोट ।
बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुला व्यायामशाला स्थापना गरेको हो ।
नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा सो संरचना स्थापना गरिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । झोलुङ्गे पुल रहेको सहिद पार्कमा खुला व्यायामशाला सञ्चालन गरिएको श्रेष्ठले बताए ।
नगरपालिका १ रामरेखाको सहिद पार्क तथा लामो झोलुंगे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित गरी सो संरचना बनाइएको हो ।
‘बिहान र बेलुका हिँड्डुल गर्ने नागरिक बढेका छन्, बजारको कोलाहलबाट टाढा रहन बांगेचौर, लामो पुल, सहिद पार्क र मालढुंगा क्षेत्रमा पुग्ने गरेका छन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘शारीरिक अभ्याससँगैै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।’
पुल हेर्न आउने र शारीरिक स्फूर्तिका लागि आवातजावत गर्नेलाई सहज भएको स्थानीय राम शर्माले बताए । सहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक देखिएकाले गत वर्षदेखि यस्तो संरचना बनाउने सोच राखिएको थियो । यस वर्ष १५ प्रकारका सामग्री ल्याएर व्यायामशाला स्थापना गरिएको हो ।
धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायका अनुसार डब्लुएचओको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा यो संरचना बनाइएको हो । शारीरिक अभ्यास, योग तथा खानपानमा सहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै डा रायले खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम भएको जनाए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया