नयाँ वर्षमा खपौदीमा मेला

पोखरा ।
नेपाली नयाँ वर्षमा खपौदीमा मेला लाग्ने भएको छ । फेवा पर्यटन विकास समितिले ‘फस्ट खपौदी कार्निबल’ नाम दिएर मेला गर्न लागेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फेवा पर्यटन विकास समिति अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र वैसाख १ गते २ दिने मेलाको आयोजना गरिएको जानकारी दिए ।
मेला पहिलेको प्याराग्लाइडिङ ल्यान्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्निबल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ’, उनले भने ।
सुवेदीले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिनेछ । फेवातालको उत्तर तर्फको गैह्राचौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण भएकाले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे ।
मेलामा स्थानीय नौमती बजासहित विभिन्न समुदायका झाँकी प्रदर्शन गरिनेछ । ख्याति प्राप्त कलाकारद्वारा २ दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक सुभास भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्यान्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टल मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शनीसहित डुंगा दौड पनि आयोजना हुनेछ ।
फेवा पर्यटन विकास समितिमा अहिले सयभन्दा बढी व्यवसायी आबद्ध छन् । कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्र उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिडपछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ ।
कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजारभन्दा बढी दर्शक ल्याउने लक्ष्य राखिएको छ । प्रवेश निशुल्क हुँदा पनि मेलाले सफलता प्राप्त गर्ने दाबी आयोजकको छ ।
सोही अवधिमा हानले बर्सेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई समेत आफूहरुले सघाउने उनको भनाइ छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया