नेवा मिसा पुचः कास्कीमा नयाँ समिति

पोखरा ।
नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चुनिएको छ । संस्थाको शनिबार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
प्रथम उपाध्यक्षमा शक्ति प्रधानांग, द्वितीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण बिजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ छन् । कार्यसमिति सदस्यमा अञ्जु बाटाजु, सविना बिजुक्छे, कमला श्रेष्ठ, मीना प्रधान, सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, संगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु छन् ।
आमन्त्रित सदस्मा भावना श्रेष्ठ, युगेन पालिखे, शान्ति श्रेष्ठ, ईन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ, विष्णु श्रेष्ठ, निर्मला श्रेष्ठ, शर्मिला प्रधानांग, शोभा श्रेष्ठ, रेष्मा श्रेष्ठ, सीता ढेवांजु, सबिता श्रेष्ठ र शर्मिला श्रेष्ठ छन् ।
कार्यक्रममा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताइन् । उनले मिसा पुचः कास्कीले महिला सशक्तीकरण गर्नसमेत भूमिका खेलेको उल्लेख गरिन् ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझै पनि अगाडि बढ्न हिच्किचाउने गरेको जनाए ।
उनले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकामा नेवार महिलाले जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने बताए । नेवा मिसा पुच अध्यक्ष मेनुका श्रेष्ठले नेवारी संस्कार, संस्कृति र नेवारी महिलाहरुको सशक्तीकरण गर्नमा सक्दो कोशिस गरेको जनाइन् ।
तपाईको प्रतिक्रिया