धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
समाधान संवाददाता
२०७९ चैत २६ गते १३:२४

पोखरा ।
म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरका पाइलट प्रिया अधिकारीलाई सकुशल उद्धार गरेर पोखरा ल्याइँदै गरेको बताइएको छ । विमानमा पाइलट अधिकारी मात्र थिए ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया