बेगनासताल नहरचोक नमुना टोलको अधिवेशन
समाधान संवाददाता
२०७९ चैत २६ गते १३:३२

पोखरा ।
बेगनासतालको नहरचोक नमुना टोल विकास संस्थाको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कोइराला, सोविता ओझा तिवारी, दुर्गा आचार्य, लक्ष्मी बराल र तारा तिवारी छन् । थापा र रन्जु बराल सल्लाहकार मनोनयन भएका छन् ।
सदस्यमा विनु केसी सापकोटा, पूजा विक, सीता अधिकारी, गोमा सुवेदी र अम्बिका कँडेल छन् । कार्यक्रममा पोखरा वडा नं ३१ का वडा सदस्य देवेन्द्र तिवारीले महिलाको एकता समाज विकासका लागि अपरिहार्य भएको बताए ।
संस्थाकी अध्यक्ष सुधा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सोमलाल तिवारी र कृष्णप्रसाद तिमिल्लिसनाले पनि बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया