२ करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमारलाई कारबाही तयारी

समाधान संवाददाता २०७९ चैत २६ गते १४:१४

पोखरा ।

Advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद् ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ। सांसद श्रेष्ठलाई पार्टीबाट निस्कासन गर्ने तयारी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।

उनले भने, ‘ यो विषयमा हामीले जानकारी पायौं । थप अनुसन्धानपश्चात हामी आवश्यक कारबाही गर्छौं।’
सांसद श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई जिताउन भन्दै प्रसाईसँग घुस मागेको विषय बाहिर आएपछि रास्वपाले यस्तो कदम चालेको हो । पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग २ करोड रुपैयाँ सहयोग मागेको विषय सार्वजनिक भएको छ।

Advertisement

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।

रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् । उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् ।

Advertisement

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्ता रास्वपा सरकारमा जानुभन्दा अगाडिको जस्तो सुनिन्छ । प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् ।

तपाईको प्रतिक्रिया