कालीगण्डकीमा स्वास्थ्य शिविर

पोखरा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सहआयोजना र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलको प्राविधिक सहयोगमा वडा नम्बर ७ मिर्मिस्थित मिर्मी आधारभूत विद्यालयमा शनिबार स्वास्थ्य शिविर भएको छ ।
शिविरमा करिब ७०० स्थानीयले निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिविरमा मुटु, मृगौला र सुगरको ल्याब परीक्षणसमेतको सुविधा प्रदान गरिएको थियो ।
परीक्षण कार्यक्रमभन्दा पहिले आयोजित औपचारिक कार्यक्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले कालीगण्डकी गाउँपालिकासँग आफ्नो व्यक्तिगत र संस्थागत सम्बन्ध कायम भएको र यो मायालाई दिगोपना दिने बताए ।
रोटरी क्लबका प्रेसिडेन्ट अशोक कुँवरले समेत आफ्नो क्लबले पनि यस पालिकालाई यस्ता कार्यक्रममा सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले गाउँपालिकाले हालसम्म गरेका स्वास्थ्य सम्बन्धी प्रयास र हासिल गरेका उपलब्धिबारे जानकारी गराइन् ।
कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष उमप्रसाद भट्टराईको अध्यक्षता र उपाध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले गरेका थिए ।
तपाईको प्रतिक्रिया