फल्याकमा धज्याङ मेला सम्पन्न

समाधान संवाददाता २०७९ चैत २६ गते १६:४१

मुस्ताङ ।
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका ५ फल्याकमा धज्याङ मेला तथा तारा खेल सम्पन्न भएको छ । मेलामा महिला र पुरुष गरी करिब ५ दर्जन खेलाडीहरुले तारा खेलमा सहभागिता जनाएका थिए ।

Advertisement

गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले संस्कृति संरक्षण गर्नु सबैको साझा कर्तव्य भएकाले धज्याङ गीत र तारा खेलको प्रवद्र्घनका लागि आगामी दिनमा गाउँपालिकाले विशेष सहयोग गर्ने बताए ।

उपाध्यक्ष दिकी गुरुङले वारागुङ क्षेत्रमा धज्याङ पर्व र तारा खेलको विशेष महत्व भएकाले यसको संरक्षण गरिने बताए । गाउँ मुखिया जितेन्द्रकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र गुरुङको स्वागत मन्तव्य र मेन्दोक गुरुङको सञ्चालनमा सम्पन्न भएका थियो ।

तपाईको प्रतिक्रिया