रेडक्रस थप्रेक उपशाखाको सभा
समाधान संवाददाता
२०७९ चैत २६ गते १६:४३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँले ११ औं साधारणसभा शनिबार आयोजना गरेको छ । साधारणसभाले उपशाखाका सचिव ठाकुरप्रसाद खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
समारोहमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका पूर्व कावा सभापति डिल्लीराम अधिकारीले रेडक्रस विपद्मा परेका मानिसको उद्धार गर्ने उद्देश्यका साथ स्थापित विश्वव्यापी संस्था भएको बताए ।
शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेलले रेडक्रस जस्तोलाई राज्यले स्रोत, साधन उपलब्ध गराई मजबुत गराउनुपर्ने धारणा राखे ।
उपशाखा सभापति शमशेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कृष्णमाया गुरुङ, शिवराज ढकाल, केशमाया गुरुङ, रेलीमाया गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया