नक्कली फेसबुक बनाएर ६० लाख ठगी
समाधान संवाददाता
२०७९ चैत २७ गते १०:५१

पोखरा ।
फेसबुकमा युवतीको नाममा नक्कली खाता खोलेर ठगी गर्ने पर्वतको मोदी गाउँपालिका–२ घर भएका २६ वर्षीय विश्व शर्मा पक्राउ परेका छन् । प्रहरीले शर्मालाई मोदी गाउँपालिकाबाट पक्राउ गरी काठमाडौं लगेको छ ।
शर्माले फेसबुकमा साथी बनाई कुराकानी गर्दै आएका थिए । मायाप्रेमको कुराकानी गरेर युवकहरूसँग पटक–पटक रकम माग गरेपछि पीडितले विभिन्न बैंक खाताहरू तथा डिजिटल वालेटहरू मार्फत करिब ६० लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
शर्माले थप रकम मागेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया