नक्कली फेसबुक बनाएर ६० लाख ठगी
समाधान संवाददाता
२०७९ चैत २७ गते १०:५१

पोखरा ।
फेसबुकमा युवतीको नाममा नक्कली खाता खोलेर ठगी गर्ने पर्वतको मोदी गाउँपालिका–२ घर भएका २६ वर्षीय विश्व शर्मा पक्राउ परेका छन् । प्रहरीले शर्मालाई मोदी गाउँपालिकाबाट पक्राउ गरी काठमाडौं लगेको छ ।
शर्माले फेसबुकमा साथी बनाई कुराकानी गर्दै आएका थिए । मायाप्रेमको कुराकानी गरेर युवकहरूसँग पटक–पटक रकम माग गरेपछि पीडितले विभिन्न बैंक खाताहरू तथा डिजिटल वालेटहरू मार्फत करिब ६० लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
शर्माले थप रकम मागेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया