दधिरामको नेतृत्वमा अर्घाखाँची समाज

पोखरा ।
अर्घाखाँची पोखरा सम्पर्क समाजको १६ औं साधारण सभा तथा ८ औं अधिवेशन अधिवेशनले अध्यक्ष दधिराम खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, प्रथम उपाध्यक्ष बाबुलाल पाण्डे, द्वितीय उपाध्यक्ष झविन्द्र अधिकारी, महासचिवमा ईन्द्रबहादुर कुँवर, सचिव शोभाखर पाण्डे, कोषाध्यक्ष नवराज पाण्डे र सहकोषाध्यक्षमा सीता सुनार निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा गोमा आचार्य, कृष्ण रानाभाट, कृष्ण पाण्डे, खिमलाल बराइली, गणेश बञ्जाडे, पार्वता पौडेल, धर्मराज पन्थी, कृष्ण पाण्डे, रामप्रसाद पाण्डे, नारायण क्षेत्री, बाबुराम पौडेल, कल्पना सुनार र अर्जुन अधिकारी छन् । समाजले लक्ष्मी पाण्डे कुवँर र शंकर सुनारलाई सदस्यमा मनोनित गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको पर्यटन प्रवद्र्धनका लागि पोखरा र अर्घाखाँचीबीच पुलको काम गर्न सुझाव दिए । अर्घाखाँचीको पर्यटनको प्रर्याप्त संभावना हुँदा हुदै पनि प्रचार प्रसारको अभाव भएको उल्लेख गर्दै उनले पोखरामा बसेर अर्घाखाँचीको प्रवद्र्धनात्मक कार्यक्रम गर्न आग्रह गरे ।
समाजका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मेली समाज पोखरा अध्यक्ष, नारायण न्यौपानेले समाजले गरेका कार्यक्रमको बारेमा बोलेका थिए । अर्घाखाँची पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो पनि सार्वजनिक गरेको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया