चिरनको नयाँ गीत

समाधान संवाददाता २०७९ चैत २७ गते १२:०७

पोखरा ।
विदेशमा बसेर नेपाली गीत, संगीतलाई माया गर्ने चिरन कडेँलको पहिलो प्रस्तुति नौमती बाजा (पञ्चेबाजा) गीत ‘बिहुँकोट सिरैमा’ भर्खरै सार्वजनिक भएको छ ।

Advertisement

पोर्चुगलमा बस्दै आएका कलाकार चिरन कडेँल र दीपक अधिकारीको शब्द रहेको गीतमा गायक चिरन कडेँल र पूर्णकला बिसीको आवाज छ । चिरन नवगायक हुन् । पूर्णकला नेपाली लोक संगीतको क्षेत्रमा स्थापित गायिका हुन् । याम थापामगरले संगीत संयोजन गरेको गीतमा प्रवेश पौडेलको लय छ ।

मोडल केशव कडेँल र उषा सुवेदीले अभिनय गरेको भिडियो गणेश सापकोटाले छायाँकन गरेका हुन् । गीतकार तथा पत्रकार दीपक अधिकारीले निर्देशन रहेको म्युजिक भिडियो केशव कडेँल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया