होटल व्यवसायी महासंघ गण्डकीमा अर्जुन

पोखरा ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत बनेका छन् ।
महासंघको शनिबार पोखरामा भएको प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्ष हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिव देवेन्द्र लम्साल, उपमहासचिव बालकृष्ण न्यूरे, कोषाध्यक्ष गोपाल पौडेल र सहसचिव प्रल्हादजंग मरासिनी छन् ।
सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुंगाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने छन् ।
अध्यक्षबाट मनोनित हुने २ सहित ५ सदस्यपछि थपिने महासचिव लम्सालले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासंघ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो ।
महासंघमा गण्डकी प्रदेशका झन्डै ८ हजार होटल तथा रेष्टुराँ व्यवसायी संगठित छन् । महाधिवेशनको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया