लायन्स ग्यालेक्सीमा अम्बर

समाधान संवाददाता २०७९ चैत २७ गते १२:२५

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्यालेक्सी अध्यक्षमा अम्बरबहादुर थापा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा राजेन्द्र आचार्य, द्वितीय उपाध्यक्षमा छविलाल गौतम, तृतीय उपाध्यक्ष सुजनबाबु अधिकारी, सचिव सुरेश हुमागाईं चुनिएका हुन् ।

Advertisement

कार्यक्रममा लायन्स क्लबस इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका निर्वाचित द्वितीय भाइस गभर्नर दुर्गाप्रसाद हुमागाईं, डेपुटी डिपाटमेन्ट चिफ मगनलाल श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष होमविलास सापकोटा, लायन वर्ष २०२२/२३ का अध्यक्ष सुवास आचार्य, सहसचिव छविलाल गौतमलगायतले नयाँ टिमलाई बधाइ दिएकाछन् ।

सो अवसरमा हालै पोखरामा भएको डिस्ट्रिक्ट ३२५ केको प्रथम महाधिवेशनबाट द्वितीय भाइस गभर्नरमा निर्वाचित दुर्गाप्रसाद हुमागाईंलाई सम्मान र क्लबमा आवद्ध नयाँ सदस्यलाई स्वागतसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया