लिटिल स्टेप माविमा बिदाइ

समाधान संवाददाता २०७९ चैत २७ गते १२:३७

पोखरा ।
लिटिल स्टेप माविबाट यसपालिको एसइई नियमिततर्फ सम्मिलित ४१ विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ ।

Advertisement

प्राचार्य श्रीमती पम्फा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर गुरुङ, रिसोर्स तथा लजिस्टिक अफिसर राधिका भट्टराई, मावि संयोजक विनोद गिरी र ताराप्रसाद सुवेदीले विद्याथीको उज्ज्वल भविष्यको कामनासहित बिदाइ गरे । बिदाइ भएका विद्यार्थीलाई प्राचार्यले पम्फा गुरुङ र अध्यक्ष शेरबहादुर गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया