आर्बाका ज्येष्ठ नागरिकको भ्रमण

समाधान संवाददाता २०७९ चैत २७ गते १३:१९

पोखरा ।
ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्बाको अवलोकन भ्रमण आइतबारबाट सुरु भएको छ । भ्रमणमा ७० जना ज्येष्ठ नागरिक सहभागी छन् ।

Advertisement

चर्चित धार्मिक तथा पर्यटकीय स्थलहरु कुश्मा, बागलुङ कालिका मन्दिर, पञ्चकोट, लगायत स्थानमा अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको ज्येष्ठ नागरिक कल्याणकारी संस्था, पोखरा १३ आर्बाका अध्यक्ष बलराम सिग्देलले जानकारी दिए ।

पोखरा महानगरपालिका वडानं १३को अगुवाई तथा सहयोगमा भ्रमण कार्यक्रम गरिएको हो । ज्येष्ठ नागरिकहरुको सम्मान गर्ने उद्येश्यले यस प्रकारको भ्रमण आयोजना गरिएको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षणमा थप कार्यक्रमहरु गर्दै जाने तथा हरेक वर्ष यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने समेत बताए । वडा अध्यक्ष बरालले अवलोकन भ्रमणमा सहभागी बुबा आमाहरुलाई खादा मालाले स्वागत गरी विदाइ गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया