अनुगमन तथा मूल्यांकन सिकाउन प्रदेश नीति तथा योजना आयोगको टोली मुस्ताङमा

समाधान संवाददाता २०७९ चैत २७ गते १५:३४

जोमसोम –गण्डकी प्रदेश सरकार अन्तर्गत नीति तथा योजना आयोगको ४ सदस्यीय टोली मुस्ताङ आईपुगेको छ । मुस्ताङका स्थानीय तहहरुको योजना तर्जुमा अनुगमन तथा मूल्यांकन गर्ने प्राविधिक तथा सैद्धान्तिक शिक्षा दिन नीति तथा योजना आयोगको टोली सोमबार मुस्ताङ आएको हो ।

Advertisement


टोलीमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरधारी शर्मा पौडेल, नीति तथा योजना आयोगका सचिव ऋषिराम तिवारी, उपसचिव डिल्लीराम सिग्देलसहित अर्को एकजना अधिकृत तहका कर्मचारी छन् ।

मुस्ताङ आईपुगेको प्रदेश नीति तथा योजना आयोगको टोलीले सोमबार जिल्ला समन्वय समिति सभाहलमा कार्यक्रम आयोजना ग¥यो । प्रदेश तथा योजना आयोग अन्तर्गत स्थानीय तहको योजना अनुगमन तथा मूल्यांङकन बिषयमा जानकारी लिईएको छ भने योजना अनुगमन तथा गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको दिग्दर्शन पुस्तकको बिषयमा छलफल गरिएको छ ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरधारी शर्मा पौडेलले स्थानीय तहको योजना तर्जुमा ,अनुगमन तथा मूल्यांकन सम्वन्धि जानकारी दिदै राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सम्पन्न भएपछि मुस्ताङ जिल्लाको आर्थिक समृद्धि र विकासमा केकस्ता संम्भावना छन्,योजना छनौट कस्ता र कसरी हुनसक्छन् भन्ने जानकारी लिएको बताए । प्रदेशले प्रकाशन गरेको अनुगमन तथा मूल्यांकन दिग्दर्शन पुस्तिकाको बिषयमा ५ वटै तहलाई जानकारी दिईएको उपाध्यक्ष पौडेलले बताए ।


गण्डकी प्रदेशको नीति तथा योजना आयोगको टोलीले संघ ,प्रदेश र स्थानीय तहका योजनालाई प्रभावकारी बनाउन दिग्दर्शन पुस्तिका लिएर यहाँका स्थानीय तहलाई सुशुचित गरिएको बताएको छ । दिग्दर्शन पुस्तकले यहाँ स्थानीय तहले किताबको प्रयोग कसरी गर्ने? , भावी योजना के हुन सक्छन्? ,विकासको क्षेत्र के के देखेका छन् लगायतको जानकारी प्रदेश नीति तथा योजना आयोगले लिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव ऋषिराम तिवारीले जानकारी दिए । सचिव तिवारीका अनुसार स्थानीय तहबाट लिईएका राय र सल्लाह सुझावलाई अबको योजनामा के गर्ने र आगामी योजनाहरुमा ति बिषयलाई वार्षिक कार्यक्रममा कसरी समेट्दै जाने भन्ने बिषयमा घनिभुत छलफल भएको छ ।
नीति तथा योजना आयोगको अभिमुखिकरणमा जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङ, उपप्रमुख आईतेलाल थकाली,५ वटै स्थानीय तहका अध्यक्ष÷उपाध्यक्षसहित स्थानीय तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया