रास्वपाका प्रमुख सचेतक परियारले मागे माफी

समाधान संवाददाता २०७९ चैत २७ गते १५:५७

पोखरा ।
प्रतिनिधिसभाको सोमबार भएको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे प्रमुख सचेतक परियारले संसदमा माफी मागेका हुन् ।

प्रमुख सचेतक परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको बताए । उनले अडियोबारे सांसद श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधिएको उल्लेख गरे । उनले विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताए ।

‘सुशासन र भ्रष्टाचार अभियान बोकेको रास्वपाकै प्रतिनिधि सभा सदस्यमार्फत भएको घटनाका कारण संसदको गरिमामा परेको आँचप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने । अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानबिन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया