विपद् उद्दारका सारथि ईन्द्रसिंह शेरचन म्याग्दीमा सम्मानीत

राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडकमा कुनैपनि बेला यात्रुलाई समस्या र अप्ठ्यारो पर्दा तुरुन्तै उद्दार तथा सेवा गर्दैआईरहेका सडक यात्रुको सारथि ईन्द्रसिंह शेरचनलाई सोमबार म्याग्दीको अन्नपूर्ण–७ घराम्दीमा सम्मान गरिएको छ ।
अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगिताको समुद्घाटन कार्यक्रममा म्याग्दीबाट निर्वाचित संघीय सांसद खम्बिर गर्बुजाले एक समारोहकाबीच शेरचनलाई सम्मान गरे । सडकका सारथि शेरचनको घर मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरिकोटमा पर्छ । उनी बेनी जोमसोम सडकका सुपरभाईजरका साथै ट्रेकिङ गाईड र होटल व्यवसायी पनि हुन् ।
अन्नपूर्ण गाउँपालिका म्याग्दीले सडक सारथि शेरचनको योगदानको उच्चमूल्यांकन गर्दै अन्नपूर्ण कप भलिबल प्रतियोगिताको अवसरमा सम्मान गरेको हो । यसअघि पनि बर्खायामको समयमा बेनी–जोमसोम सडकमा बाढी÷पहिरो र नदी कटानले पटक÷पटक सडक अवरुद्ध सम्मानीत शेरचनले यात्रु उद्दारमा निरन्तर खटिने गर्दै आईरहेका थिए । उनले सडकमा जाममा परेका सवारीलाई सहजीकरण गर्ने, अवरुद्ध सडक खुलाउन पहल गर्ने गथ्र्ये ।
शेरचन मुस्ताङमा होस या म्याग्दीमा कुनै पनि विपद् पर्दा निरन्तर उद्दारकार्यमा खटिदै आईरहेका छन् । मुस्ताङको थासाङ–२ को सानुसरे पहाडमा जहाज दुर्घटना हुँदा उनी निरन्तर उद्दार कार्यमा खटिएका थिए । आईतबार मुस्ताङको धौलागिरी बेस क्याम्पमा भएको एभरेष्ट एअरको हेली दुर्घटनामा पनि उनी उद्दारमा खटिएका थिए ।
म्याग्दी र मुस्ताङमा कुनै विपदजन्य घटना हुँदा धेरैजसोले उनै शेरचनलाई सम्झिने गर्छन् ।
यसअघि शेरचनले विपद् प्रतिकार्य तथा उद्दारमा निरन्तर योगदान पू¥याएको भन्दै मुस्ताङ र म्याग्दी प्रशासनबाट सम्मानीत भईसकेका छन् । उनलाई यसका अलावा विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन् । सम्मापछि यात्रुका विपद् उद्दारका सारथि शेरचनले विभिन्न संघ संस्था र निकायले गरेको लगातारको सम्मानले आफुलाई सामाजिक सेवा विपद् उद्दारकार्यमा काम गर्न ठुलो उर्जा मिलेको प्रतिक्रिया दिए ।
अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगित लगातार ४ दिन संञ्चालन भई बैशाख १ गत नयाँ वर्षको दिन समापन गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया