कास्कीमा लागुऔषध व्यसनी घटे

पोखरा
कास्कीमा लागुऔषध व्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९–२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्दा दर्ता भएका छन् ।
प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागु औषध दुर्व्यसनी विरुद्ध सञ्चारकर्मीको भूमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७–२०७८ मा १ सय ४९ थान र २०७८–२०७९ मा २ सय ४३ थान मुद्दा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो ।
अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागुऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले बताए ।
अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा घटेको देखिएको छ उनले भने, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिँदैन ।” त्यस्तै लागु औषध व्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका छन् । प्रहरी निरीक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समूहका ५२ प्रतिशत रहेका छन् । ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए । ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी व्यसनमा फसेको प्रहरी निरीक्षक मानन्धले बताए ।
उनले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र स्कुल/कलेज तथा अन्य रुटका बारेमा अभिभावकले सधै चनाखो भइ ध्यान दिनु पर्ने उल्लेख गरे। बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिए ।
आफना बालबालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागु औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो औंल्याइन् । उनले कुलतमा बालबालिका फस्ने गरेको बताउँदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया