पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव वैशाख ३ गते

समाधान संवाददाता २०७९ चैत २८ गते ११:२४

पोखरा । पृथ्वीनारायण क्याम्पसमा आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।

Advertisement

अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको हो ।

क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया