मादीमा एमालेको अभियान

पोखरा ।
नेकपा (एमाले)को मिसन ग्रासरुट अभियान अन्तर्गत कास्कीको मादी गाउँपालिकाका सबै वडामा वडा स्तरीय बैठक, भेला तथा अभिमुखीकरण कार्यक्रम भएका छन् ।
अब टोल स्तरमा भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको पार्टीका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य पुण्य पौडेलले जानकारी दिए । मादी गाउँपालिका वडा नं १२ को भगवतीटारमा भएको कार्यकर्ता भेलामा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य पदमप्रसाद पौडेलले पार्टीलाई चुस्त, दुरुस्त राख्न मिसन ग्रासरुट अभियान चलाइएको बताए ।
नेकपा(एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले एमालेको आधार स्तम्भ गाउँ, बस्ती र टोल भएको हुँदा ग्रासरुट अभियान चलाइएको जानकारी दिए । उनले पार्टीका सदस्य विचारमा स्पष्ट, जनताको असल साथी र मेहनती हुनुपर्ने सुझाव दिए ।
एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य पुण्यप्रसाद पौडेलले नेकपा एमालेले चलाएको अभियानले पार्टीका सदस्यमा वैचारिक स्पष्टता पार्ने र पार्टीलाई सुदृढ पार्न सहयोग पार्ने दाबी गरे ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बुद्धिसागर सापकोटा, एमाले कास्की जिल्ला कमिटीका सदस्यहरु खेमराज सापकोटा र विष्णुमाया आचार्य, मादी गाउँ कमिटी अध्यक्ष बालकृष्ण गुरुङले अभियानका बारेमा बारेमा चर्चा गरे । कार्यक्रम भगवतीटार टोल कमिटी अध्यक्ष सरस्वती न्यौपानेको अध्यक्षतामा भएको हो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया