अन्नपूर्ण २ मा निस्सा वितरण
पोखरा ।
अन्नपूर्ण गाउँपालिका कास्कीले वडा नं. २ मा निस्सा वितरण गरेको छ । गण्डकी प्रदेशमै सबैभन्दा पहिला निस्सा वितरण कार्यक्रम सुरुवात गरेको अन्नपूर्णले सोमबार वडा नं २ मा ३ भूमिहीन सुकुम्बासी र ७३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो ।
वडाध्यक्ष पीताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले राम्रो कार्यक्रम सुरुवात भएको जनाइन् । उनले भनिन्, ‘हामी कार्यकालको पहिलो वर्षमै सबै भूमीहीनलाई जग्गा उपलब्ध गराएर भूमी पति बनाइसक्छौं ।’
अहिलेकोसेतो पुर्जा चाडै रातोमा रुपान्तरण हुने गाउँपालिकाका फोकल पर्सन ई. प्रभात पौडेलले बताए । उनले गाउँपालिकाका सबै वडाको निस्सा बनिसकेकाले क्रमश वितरण गर्ने र जग्गा धनी पुर्जा वितरण गर्ने नेपालमै पहिलो स्थानीय तह हुने दाबी गरे ।
उनले गाउँपालिकाले भूमीहीनलाई आवास प्रयोजनका लागि ३ सय ४० वर्ग मिटर र कृषि प्रयोजनका लागि २ हजार वर्ग मिटर जग्गा उपलब्ध गराइने जनाए ।
वडाध्यक्ष भण्डारीले राष्ट्रिय भूमी आयोगको कार्यविधि अनुरुप वडाबाट गर्नुपर्ने सबै काम गरेको र भूमिहीनलाई सकेसम्म यही वडामा र नपाएको खण्डमा गाउँपालिका भित्र व्यवस्थापन गर्ने रणनीति सुनाए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले यो कार्य सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया