मादीले वैदेशिक रोजगारीको पार्श्वचित्र तयार गर्ने

समाधान संवाददाता २०७९ चैत २८ गते १६:२४

कास्की
मादी गाउँपालिकाले वैदेशिक रोजगारी सम्बन्धी पार्श्वचित्र तयार गर्ने भएको छ । वैदेशिक रोजगारीको समग्र तस्बिर आउने गरी पाश्र्वचित्र पालिकाले निकाल्ने भएको हो ।

Advertisement

पालिकाबाट कति जना विदेशमा छन् ? के कस्तो काम गरिरहेका छन् ? समस्या के छन् ? उनीहरुले पठाएको रेमिट्यान्सको उपयोग के कस्तो छ ? फर्किएर आएकाहरु के कस्तो अवस्थामा छन् ? उनीहरुको सीप, पुँजी र प्रविधिलाई रोजगारी र स्वरोजगारका क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ ? भन्नेबारेको जानकारी लिने र सोही अनुसार पालिकाले आफ्नो नीति तथा कार्यक्रम तय गर्ने उदेश्यले पार्श्वचित्र बनाउन लागिएको मादी गापा सामी सम्पर्क व्यक्ति सुमन चापागाईंले बताए ।


पार्श्वचित्र तयारीमा लागि चैत २७ र २८ गते गरी अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । वडा वडामा खटिने एक/एक जना गणकहरु सहभागी अभिमुखीकरणमा सहभागी थिए ।


अभिमुखीकरण उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष कल्पना गुरुङले वैदेशिक रोजगारी बाध्यात्मक विकल्प भएको र यसले धेरै समस्या पनि सिर्जना गरेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइन् । दुई दिन चलेको अभिमुखीकरण कार्यक्रममा सामी कार्यक्रमको तर्फबाट वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मी, सामी कास्की कार्यक्रम संयोजक कुम गुरुङ लगायतले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया