बुद्ध विशाल बजारले पार्किङ समस्या सुल्झाउने

समाधान संवाददाता २०७९ चैत २८ गते १६:४२


पोखरा ।

Advertisement


बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले २०८० सालको टेबल क्यालेन्डर विमोचन गरेको छ । क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले बुद्ध विशाल बजारमा ग्राहक वर्गलाई देखिएको पार्किङ समस्यालाई चाँडै सुल्झाउन लागिएको बताए ।


कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक ईन्द्रराज अर्यालले संस्थालाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू गरिरहेको बताए । एसोसिएसनका महासचिव बुद्धिबहादुर कुँवरले यो वर्ष संस्थाको रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू गरिरहेको जानकारी दिए । उनले स्मारिका प्रकाशनको तयारी पनि सुनाए ।

तपाईको प्रतिक्रिया