सामुदायिक महिला विकास पोखरा १६ मा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ चैत २८ गते १६:५३

पोखरा
सामुदायिक महिला विकास समिति पोखरा–१६ लामाचौर घाँटीपाटनको १४ औं अधिवेशनले देवी कार्की/थापाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षमा क्रमश गीता केसी, सावित्री सुवेदी, अमृता थापा, वविता केसी छन् ।


सदस्यहरुमा चन्द्रा थापा, गीता थापा, समिता राना, अनु कुँवर, सीता थापा, भीमा श्रेष्ठ, विष्णु कुँवर र सिर्जना लम्साल छन् ।

संस्थाकी अध्यक्ष मनु थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना संस्थाका सल्लाहकारहरु मोहनबहादुर थापा ‘संयोजन’ गोविन्दबहादुर थापा र पदमाकुमारी अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया