सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन

समाधान संवाददाता २०७९ चैत २८ गते १६:५९

पोखरा

Advertisement

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरेको छ ।

त्यस अवसरमा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान सुरक्षासँग सम्वन्धित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकलाई स्वागत तथा सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले मंगलबार एक कार्यक्रमका बीच भित्ते पात्रोको विमोचन गरे ।

कार्यक्रममा बोल्दै प्रहरी नयाव उपरीक्षक श्रवण कुमार विकले प्रहरी र समुदायको सम्वन्ध जोड्ने काम सामुदायिक केन्द्रले गरेको बताए ।

Advertisement

सामुदायिक सेवा केन्द्रले गर्ने कार्यक्रमका वारेमा जिल्लाले योजना निर्माण गरीसकेकोले त्यहि अनुरुप कार्य गर्न सुझाव दिए ।

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका प्रथम उपाध्यक्ष मनपति भण्डारीले कास्कीका सामुदायिक अन्य जिल्लाको तुलनामा सक्रिय भएर काम गरेको बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले संस्थाले विधान लक्षीत कार्यक्रम गर्न सकेमा लक्ष्य पुरा हुने बताइन् ।

पोखरा महानगर पालिका वडा नंं १ का वडा सदस्य जुमकाजी गुरुङले समुदायमा सचेतना जगाउन सामुदायिक केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष नेत्रलाल भण्डारीले वगर सामुदायिक गरेका हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले सामुदायिक सेवा केन्द्र वगरको निरीक्षण गरेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिवराज अधिकारी र कोषाध्यक्ष कृष्णबहादुर तामाङ बोलेका थिए ।

तपाईको प्रतिक्रिया