दरौंखोलाको पात्रो सार्वजनिक

समाधान संवाददाता २०७९ चैत २८ गते १६:५९

पोखरा ।
दरौंखोला सामीप्य समाज पोखराको भितेपात्रो विमोचन सार्वजनिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार भएको छ । समाज स्याङ्जाको दरौंखोला (पुतलीबजार १३, अर्जुनचौपरी १ र भीरकोट ७) बाट पोखरामा अध्ययन, पेशा र व्यवसायमा संलग्न भई स्थायी र अस्थायी रुपमा बस्दै आएकाको साझा संस्था हो ।

Advertisement

संस्थाका संरक्षक क्या. हीराबहादुर थापाले समाजले हालसम्म गरेका कामको प्रशंसा गर्दै नवनिर्वाचित समितिले गरेका रचनात्मक, सिर्जनात्मक र सामाजिक भएको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगाराम पौड्याल, अनुजा गौतम, सल्लाहकार होतबहादुर रोका, संरक्षक दोबवहादुर कार्की, भितेपात्रो तथा विज्ञापन उपसमिति संयोजक डोलराज अर्याल, सचिव नम रोका लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया