ईन्द्रसिंह म्याग्दीमा सम्मानित

जोमसोम ।
राष्ट्रिय गौरवको बेनी जोमसोम ७६ किमी सडकमा कुनै पनि बेला यात्रुलाई समस्या र अप्ठ्यारो पर्दा तुरुन्तै उद्दार तथा सेवा खटिँदै आएका ईन्द्रसिंह शेरचन सम्मानित भएका छन् । उनलाई सोमबार म्याग्दीको अन्नपूर्ण ७ घराम्दीमा सम्मान गरिएको छ ।
अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा म्याग्दीबाट निर्वाचित संघीय सांसद खम्बिर गर्बुजाले शेरचनलाई सम्मान गरेका हुन् । शेरचनको घर मुस्ताङको थासाङ गाउँपालिका २ नाउरिकोटमा पर्छ । उनी बेनी जोमसोम सडकका सुपरभाइजर हुन् । उनी ट्रेकिङ गाइड र होटल व्यवसायी पनि हुन् ।
अन्नपूर्ण गाउँपालिका म्याग्दीले शेरचनको योगदानको मूल्यांकन गर्दै अन्नपूर्ण कप भलिबल प्रतियोगिताको अवसरमा सम्मान गरेको हो ।
यसअघि पनि बर्खायामको समयमा बेनी–जोमसोम सडकमा बाढी, पहिरो र नदी कटानले पटक पटक सडक अवरुद्ध हुँदा शेरचन यात्रु उद्दारमा निरन्तर खटिने गरेका छन् । उनले सडकमा जाममा परेका सवारीलाई सहजीकरण गर्ने, अवरुद्ध सडक खुलाउन पहल गर्नेसमेत गरेका छन ।
मुस्ताङको थासाङ २ को सानुसरे पहाडमा जहाज दुर्घटना हुँदा उनी निरन्तर उद्दारमा खटिएका थिए । आइतबार मुस्ताङको धौलागिरी बेस क्याम्पमा भएको एभरेस्ट एअरको हेली दुर्घटनापछि पनि उनी उद्दारमा खटिएका थिए । म्याग्दी र मुस्ताङमा कुनै विपदका घटना हुँदा शेरचन सम्झिइन्छन् ।
अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगिता वैशाख १ गतेसम्म चल्ने तालिका छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया