आँधीखोलामा पद्म नर्सिङ होमको शिविर

समाधान संवाददाता २०७९ चैत २८ गते १७:०५

पोखरा ।
पद्म नर्सिङ होम पोखराले शनिबार स्याङ्जाको आँधीखोलामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविर कार्यक्रम आँधीखोला गाउँपालिकाका प्रमुख विश्वनाथ पौडेलले सुरुआत गरे । शिविरमा ७ सयभन्दा धेरैको सित्तैमा स्वास्थ्य परीक्षण गरिएको नर्सिङ होमका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए ।

Advertisement

शिविरमा १ सय ३० जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परीक्षण, ६५ जनाको मुटुको इसिजी गरिएको थियो ।

बिरामीलाई आवश्यकता अनुसार औषधीसमेत सित्तैमा वितरण गरिएको थियो । बिचारी चौतारा पोखरा विकास समाजको आयोजना, आँधीखोला गाउँपालिका वडा नम्बर ३ को स्थानीय व्यवस्थापन र पद्म नर्सिङको प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा सचेतप्रभात श्रेष्ठ, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर कालु शर्मा सुवेदी, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. कुलदीप नारायण अग्रहरी, वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, बालरोग विशेषज्ञ डा. राजन पौडेल, फिजिसियन डा. सुदर्शन सुवेदी, बाल दन्तरोग विशेषज्ञ डा. भावना सिग्देल, नेत्ररोग विशेषज्ञ डा. जोत्सना शर्मा सुवेदी, डा. हरि भुसाल, डा. निभा अमात्य लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

बिचारी चौतारा समाज पोखरा अध्यक्ष बमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा, गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी, आँधीखोला ३ का अध्यक्ष शेरबहादुर कार्की, बिचारी चौतारा समाज पोखराका उपाध्यक्ष उमाकान्त पौडेल र सचिव माधव क्षेत्रीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया