क्याम्पसहरु मर्ज हुन सक्ने

काठमाडौं ।
विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरु मर्जरमा जान सक्ने बाटो दिएको छ । अध्यक्ष प्राडा देवराज अधिकारीका अनुसार शिक्षा मन्त्रालयका सचिव, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति जुटेको हो ।
राष्ट्रिय शिक्षा नीति, २०७६ ले विद्यार्थी संख्या कम भएका क्याम्पस वा शिक्षण संस्थाहरुलाई मर्जर (गाभ्ने) मा लाने नीति लिएको छ । आयोगको अनुसार सय जना विद्यार्थी भएका ६ सय २४ वटा, १ सय १ देखि २ सय विद्यार्थी रहेका २ सय ७७ वटा, २ सय १ देखि ५ सयसम्म विद्यार्थी भएका ३ सय ८ वटा, ५ सय १ भन्दा बढी भएका २ सय ३१ वटा क्याम्पस छन् ।
उच्च शिक्षामा छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकीकृत गरी गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्न, उच्च शिक्षा दिने शैक्षिक संस्थाहरुको आर्थिक स्थिति, प्रतिस्पर्धात्मक क्षमता, आत्मनिर्भरता र दिगोपनलाई सुदृढ गर्न लगायतका कारण मर्जरको आवश्यकता रहेको आयोगले जनाएको छ ।
शैक्षिक गुणस्तर बढाउने, आंगिक क्याम्पस बनाउने, नयाँ कार्यक्रम थप गर्ने, सामुदायिक क्याम्पसका शिक्षक प्राध्यापकहरुको स्तरीकरण गरेर मर्जरमा जाने सैद्धान्तिक सहमति जुटेको आयोगका अध्यक्ष प्राडा अधिकारी बताउँछन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया