दोहोरी प्रतिष्ठानमा शुभकामना

समाधान संवाददाता २०७९ चैत २९ गते ११:४५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले नयाँ वर्ष २०८० को सन्दर्भमा शुभकामना आदानप्रदान तथा प्रतिष्ठानको केन्द्र तथा गण्डकी प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरेको छ ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचनसमेत गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले प्रतिष्ठानले लोक नृत्य, लोक गायन तथा लोकगीतको संरक्षण गर्नका लागि प्रतिष्ठानसँग सहकार्य गर्ने बताए ।

प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गर्ने योजना अगाडि सारेको जानकारी दिए ।

उनले नेपाली मौलिक लोक संस्कृति संरक्षणका लागि सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे । विभिन्न विधामा महत्वपूूर्ण योगदान पुर्‍याउने स्रष्टाहरुको बायोग्राफी निर्माण गरेको त्यसमा धेरै लोक विधाको परेको उनले उल्लेख गरे ।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहाल, प्रतिष्ठानका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान नेपाल गण्डकी प्रदेश उपाध्यक्ष प्रेमराज अधिकारी, कलाकार कल्याणकारी कोषका केन्दीय सदस्य पार्वती जिसी, प्रतिष्ठानका संरक्षक यामबहादुर गुरुङ, प्रतिष्ठान नेपाल कास्की अध्यक्ष तुलसी क्षत्री, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सचिव नारायणबहादुर सुनार लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रममा भित्तेपात्रो प्रकाशनको लागि २० हजारभन्दा बढी आर्थिक सहयोग संकलन गर्न सफल प्रतिष्ठानका प्रथम उपाध्यक्ष अधिकारी, सचिव सुनार, कोषाध्यक्ष नवराज अधिकारी, सहकोषाध्यक्ष दुर्गा क्षत्री, संगठन विभागका प्रमुख विनोद रामदाम, सदस्य राजेन्द्र पोखरेललाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया