कृषि गीत प्रतियोगिता

समाधान संवाददाता २०७९ चैत २९ गते १२:२०

पोखरा ।
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत मंगलबार जैविक विविद्यतासम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ ।

Advertisement

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको प्रतियोगितामा वडा नं. ३३ को कृषि सञ्जाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित बेमौसमी तरकारी कृषक समूह तृतीय र हेमजा कृषि सञ्जाल सान्त्वना बने ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार साथमा प्रमाणपत्र पाएका छन् । कृषि महाशाखाका अधिकृत दामोदर अधिकारी, हेमजाका अगुवा कृषक एवं कलाकार बुद्धदेवी कुँवर र कलाकार परशुराम अधिकारी निर्णायक थिए ।

महोत्सवमा मंगलबारबाट खुला रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ । महोत्वव मंगलबार मात्रै ४ हजारभन्दा बढीले अवलोकन गरेको मूल आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।

आलुको कारोबार पनि बढ्दै गएको छ । आलु किन्नकै लागि कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दीबाट मानिसहरु आएका छन् । हालसम्म २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

महोत्सवमा बुधवार छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, रक एन रक तथा गगन गुरुङका प्रस्तुति रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले बताए । महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया