समानान्तर साहित्यिक मञ्चमा विश्व

समाधान संवाददाता २०७९ चैत २९ गते १२:४०

पोखरा ।
विभिन्न साहित्यिक गतिविधि र जनचेतनाको काम गर्ने लक्ष्य लिएर पोखरामा समानान्तर साहित्यिक मञ्च स्थापना भएको छ ।

Advertisement

साहित्य, कलाको क्षेत्रमा सक्रिय उत्पीडित सर्जक र साहित्यप्रेमीको भेलाले संस्था गठन गरेको हो ।

कवि, गीतकार एवं कलाकार विश्वराज रसाइलीको अध्यक्षतामा बनेको मञ्चको तदर्थ समिति ९ सदस्यीय छ ।सचिवमा सुरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष राजु परियार छन् भने सदस्यमा बुद्धिवहादुर विश्वकर्मा, मनोज विक भावुक, प्रेम नेपाली, सिबी संगम (चिनबहादुर विश्वकर्मा), झलक विश्वकर्मा र सविना सुनाम चुनिएका छन् ।

साहित्य, कला र सस्कृतिमार्फत सभ्य र समतामूलक समाज निर्माणका लागि योगदान गर्ने संस्थाको लक्ष्य छ । संस्थाले सिर्जनामार्फत सबै खालका विभेद अन्त्य, उत्पीडित समुदायका अग्रज सर्जकको सम्मान र समकालीनलाई प्रोत्साहन, नियमित साहित्यिक श्रृंखला सञ्चालन लगायतका गतिविधि गर्ने अध्यक्ष रसाइलीले बताए ।

उनले भने, ‘उत्पीडित समुदायका लुकेका र लुकाइएका असिमित कथा, व्यथा र समस्या उठान गर्न मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै समतामुलक समाज निर्माणमा भूमिका खेल्नेछ ।’ मञ्चले नयाँ वर्ष २०८० को उपलक्ष्यमा मानव सेवा आश्रम छोरेपाटनमा वैशाख २ गते सिर्जना वाचन तथा गायन आयोजना गर्ने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया