जिसी बन्धुहरु संगठित हुँदै

लेखनाथ ।
देशभर छरिएर रहेका कालिकोट भारद्वाज गोत्रीय घर्तीक्षेत्री (जिसी) बन्धुहरु संगठित हुने भएका छन् । पोखराको लेखनाथमा सोमबार भएको केन्द्रीय प्रथम भेलाले कमलकुमार जिसी (बागलुङ)को संयोजकत्वमा तदर्थ समिति गठन गरी संगठित हुने अभियान चलाएको हो ।
जिसी बन्धुहरुको उद्गमस्थलको खोजी गर्दै देशभर छरिएर रहेका जिसीहरुलाई संगठित गर्दै भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको भेलाले तदर्थ समिति गठन गरी वंशावलीदेखि ऐतिहासिक पक्षलाई लिपिबद्ध गर्ने निर्णय भएको हो ।
पोखरा २६ अर्घौं निवासी ९५ वर्षीय चन्द्रबहादुर जिसीको अध्यक्षतामा भएको भेलाले विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरेको छ । जसको सह संयोजकमा प्रेमबहादुर जिसी (पाल्पा), सचिव तिलबहादुर जिसी (पर्वत) र कोषाध्यक्षमा विष्णु जिसी (नवलपुर)लाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा भरत जिसी (तनहुँ), कृष्णजंग जिसी (कास्की), लक्ष्मण जिसी (पाल्पा),मोहन बहादुर जिसी (पुठान), शिशिर जिसी (नवलपुर), कृष्णबहादुर जिसी (गुल्मी) र डिलबहादुर जिसी (प्युठान) छन् । भेलाले सल्लाहकार समितिको समेत चयन गरेको छ ।
जसमा प्राडा सूर्यबहादुर जिसी(रुपन्देही), सहप्रध्यापक सूर्यबहादुर जिसी (कास्की), कमलहरि जिसी( तनहुँ), हर्कबहादुर जिसी (गुल्मी), धर्मबहादुर जिसी (नवलपुर), रामकृष्ण जिसी (कास्की), किसान जिसी (बागलुङ), बालकृष्ण जिसी (बागलुङ) र मनहरि जिसी (कास्की) छन् । कानुनी सल्लाहकारमा अधिवक्ता प्रशान्त जिसी र दुर्गा जिसी छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया