सकारात्मक सन्देशका लागि गीति नाटक

पोखरा ।
द आर्ट अफ लिभिङ पोखराको आयोजनामा रामायणका पात्रको जीवनमा आधारित ‘राम लाला कि माता’ गीति नाटक हालै प्रदर्शन भएको छ ।
समाजका हरेक नकारात्मक पक्षभित्र सकारात्मक पक्ष पनि लुकेको हुन्छ भन्ने सन्देश दिनका लागि नाटक प्रदर्शन गरिएको आयोजकमध्येका योग प्रशिक्षक समेत रहेका साजन थापाले बताए ।
प्रसंगलाई जोडेर श्रीश्री रवि शंकरद्वारा प्रेरित एक ज्ञान चर्चामा उनले माता कैकेयी र माता समान मन्थरा पात्रहरु नकारात्मक नभई सकारात्मक पात्रको प्रतिनिधि भएको उल्लेख छ ।
‘जसको कारणले नै राम केवल एक राजामा मात्र सीमित नभई भगवान राम बन्न प्रमुख भूमिका खेलेका हुन्,’ पत्रमा भनिएको छ । आर्ट अफ लिभिङ बंगलोर आश्रमका १८ जना कलाकारहरुको टोलीले संगीत, नृत्य तथा भजन समावेश थिए ।
पोखरा उद्योग वाणिज्य संघको हलमा भएको सो कार्यक्रममा ४५० जनाभन्दा बढीको दर्शकहरुको उपस्थिति थियो । पोखराका अध्यात्मिक तथा धार्मिक संघ संस्था राम मन्दिर व्यवस्थापन समिति, केदारेश्वर मन्दिर व्यवस्थापन समिति, विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समिति, संस्कृत विद्यालय व्यवस्थापन समिति, हनुमान मन्दिर व्यवस्थापन समिति, इस्कोन व्यवस्थापन समिति, ओम शान्ति व्यवस्थापन समिति, राधे राधे व्यवस्थापन समिति, ओशो व्यवस्थापन समिति, पतञ्जलि व्यवस्थापन समिति, हिन्दु महासंघ समिति, कृष्ण प्रणामी समिति, मनोक्रान्ति व्यवस्थापन समिति, सिद्धआश्रम शक्ति केन्द्र समिति लगायतको संस्थागत उपस्थिति थियो ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया