स्याङ्जाली तमु समाजको टहोंटे

समाधान संवाददाता २०७९ चैत २९ गते १३:३१

लेखनाथ ।
स्याङ्जाली तमु समाज पोखरा २६ ले मंगलबार सामूहिक रुपमा टहोंटे पर्व पर्व मनाएको छ । वर्षको दुई पटक तमु समुदायले मनाउने टहाेंटे पर्व अन्तर्गत चैतको अन्तिम मंगलवार उभौंली पर्वका रुपमा मनाउने प्रचलन छ ।

Advertisement

पोखरा–२७ को गडुवा खोलबाट परम्परा अनुसार बाजा गाजा, र तमु समुदायको भेषवूशामा सझिएरको समूहले विभिन्न ठाउँको परिक्रमा गरी गुँदेतालमा पुगी कार्यक्रम समापन गरिएको हो ।

समाजका अध्यक्ष ले.नेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहनप्रसाद गुरुङ, पूुर्व अध्यक्ष क्याप्टेन डिकबहादुर गुरुङ, सुवेदार इमबहादुर गुरुङ र सचिव क्याप्टने बिलबहादुर गुरुङ लगायतले नेपालीहरुको मौलिक संस्कृतिको रक्षाका लागि विभिन्न जातजातिले रीतिरिवाजको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्राकृतिक प्रकोपबाट मानव जातिको रक्षा होस् भन्दै बालीनाली र गाउँ समाजमा कुनै किसिमको आपत विपद नआओस् भन्दै भूपप्रेतलाई भगाउने मान्यतासहित टहोंटे पर्व मनाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया