लक्ष्मी माविको वार्षिकोत्सव

लेखनाथ ।
प्रतिनिधि सभासदस्य जिवन परियारले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन संघीय शिक्षा ऐन ल्याउनुपर्ने बताएका छन् ।
पोखरा महानगरपालिका २६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवंम पुरस्कार वितरण समारोहमा बोल्दै सांसद परियारले शिक्षाको जग बलियो नभएसम्म देशको विकास सहज तरिकाले हुन नसक्ने तर्क दिँदै शैक्षिक,आर्थीक र भौतीक पक्षको सुधारका लागि सरकारले तयार पारेको संघीय शिक्षा ऐन तरुन्त लागु गर्नुपर्ने बताएका हुन् ।
सासंद प्रकास बरालले निजी र सामुदायिक क्षेत्रमा देखिका दुई थरिको शिक्षा प्रणालीको अन्त्य गरि एउटै खालको शिक्षा नीति ल्याउनुपर्ने सुझाव राखेका थिए । पूर्वमन्त्रि यज्ञबहादुर थापाले सामुदायिक विद्यालयमा गरिएको ठुलो लगानी अनुसारको प्रतिफल आउन नसकेको धारणा राखेका थिए ।
विविध साँस्कृती कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवर, नेपाली कांग्रेसकी नेता कोपिला रानाभाट, राजेन्द्रमणि लामिछाने,पूर्व न्यायधिस बासुदेव न्यौपाने, शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालय संस्थापक सदस्य हिरामणि सुवेदी लगाएतले शिक्षाको विकासका लागि विद्यालयमा राजनीति गर्न नहुने तर्क राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले विद्यालयको शैक्षिक तथा भौतीक विकासका योजनाहरुलाई अगाडी वढाएका थिए भने विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले विद्यालयको प्रगति विवरण सहित सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा पोष्टराज भण्डारीले गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षीक उन्नतीका लागि दुई लाख ५० हजार ५०५ बराबरको शुभ लक्ष्मी अक्षयकोष स्थापना गरेका छन् । कार्यक्रम सञ्चालन सहप्रअ विष्णु तिवारीले गरेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया