पोखरामा अनलाइन पत्रकारिता तालिम हुँदै

पोखरा ।
अनलाइन पत्रकार संघ गण्डकीले आउँदो वैशाख २ देखि ४ गतेसम्म आयोजना गर्ने अनलाइन पत्रकारिता तालिमको तयारी तिव्र पारिएको छ । तालिम संयोजकमा संघका अध्यक्ष गणेश बराललाई चयन गरेको छ ।
मंगलबार बसेको संघको बैठकले तालिमलाई व्यवस्थित र थप उपलब्धीमूलक बनाउन विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ । अध्यक्ष बरालको संयोजकत्वमा रोहित बस्नेत र नीरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति चयन गरेको छ ।
उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हादचन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।
त्यस्तै कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रवीण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति, सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको सहभागी व्यवस्थापन तथा मूल्यांकन उपसमिति गठन गरिएको छ ।
तालिम सञ्चालनका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल, दीपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ सदस्य रहने गरी क्विक रेस्पोन्स टिम चयन गरिएको छ ।
पोखरामा रहेर अनलाइन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाइन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेसनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए । तालिम पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया