सगरमाथामा आधार सिविरमा तीन नेपाली बेपत्ता
समाधान संवाददाता
२०७९ चैत २९ गते १७:०१

पोखरा ।
सगरमाथामा आधार सिविरमा तीन नेपाली शेर्पाआरोही बेपत्ता भएका छन् । दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएको पर्यटन विभागले जानकारी दिएकाे छ ।
उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएकाले उनीहरुको खोजी कार्यका लागि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको विभागले जनाएको छ । उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टोली खटाइएको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार उनीहरु बुधबार विहान साढे ९ बजेदेखि हराइरहेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया