लेकालीमा अधिकतम खुद्रा मूल्यमा बियर

समाधान संवाददाता २०७९ चैत २९ गते १९:५३

पोखरा ।

Advertisement

पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि. ले (अधिकतम खुद्रा मुल्य मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र अधिकतम खुद्रा मुल्यमा वियर बिक्री गरिने बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकरी दिइयो ।

गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्‌नो सेवा प्रदान गर्ने उद्देश्य सहित आर्थिक मन्दीका कारण मानिस सग पैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी वियरका पारखीहरुलाई अब अधिकतम खुद्रा मूल्यमा बिक्री गरिने होटल टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिए ।

बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी व्यवशाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी वढ्न लागेको गुरुङले बताए ।

पोखराको अमरसिंह चोकमा सञ्चालित होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्सवर्ग बियर अधिकतम खुद्रा मुल्यमा ग्राहकहरुलाई उपलब्ध गराइने गुरुङले जानकारी दिए ।

Advertisement

नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर धराने सेकुवाका पारखीहरुलाई लक्ष्य गरी सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्कबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।

नेपाली नया वर्ष २०८० संगै उक्त स्किम लागु हुने बताउदै संचालक गुरुङले बियरका पारखीहरुलाई लक्षित गरी गण्डकी प्रदेशमा एकमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री वितरण गरिने छ ।

वियर संगै लेकाली सेकुवा एण्ड सुकटी हाउसमा कोदोको नारे पा समेत ग्राहकको रोजाइमा पर्दै गइरहेको छ ।

नयाँ वर्ष संगै उक्त स्किम लागू भएतापनि आगामी वैशाखको पहिलो हप्ता विशेष कार्यक्रम सहित ग्राण्ड ओपनिङ गरिने संचालकले जनाएको छ ।

सो अवसरमा गोर्खा ब्रअरीका प्रतिनिधी सुमन पोखरेलले पोखरामा होटल टास्क संगमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गर्ने गरी सम्झौता गरी अगाडि वढेको बताए ।

तपाईको प्रतिक्रिया