भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहको सभा

समाधान संवाददाता २०७९ चैत ३० गते १०:४४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १९ घार्मीमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहको चौथो साधारण सभा सम्पन्न भएको छ । समूहले २०७८ सालको एसइइमा उत्कृष्ट हुने समूहका सदस्यका सन्तति, ज्येष्ठ नागरिक, सहयोगदाता र विभिन्न ओहोदामा रहेका व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा एसइइमा उत्कृष्ट हुने साजन पौडेल, सविता पौडेल, शर्मिला पौडेल जेष्ठ नागरिक इन्द्रप्रसाद पौडेल, भीमप्रसाद पौडेल, एकनाथ अधिकार, तुलसी पौडेल, मन्धरा पौडेल, सहयोगदातामा छविलाल पौडेल, हरिप्रसाद पौडेल र कृष्णप्रसाद पौडेल सहितलाई सम्मान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समूहका ज्येष्ठ सदस्य शिवप्रसाद पौडेल र समूहका अध्यक्ष रामचन्द्र पौडेलले सम्मान गरे । यसअघि साधारण सभाको उद्घाटन गर्दै पौडेलले असल सोच र सहकार्यबाट नै समाजको विकास गर्न सकिने बताए ।

Advertisement

समूहका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेल, समाजसेवी डिल्लीराम पौडेल, भूमेश्वर आधारभूत विद्यालयका अध्यक्ष शिवप्रसाद पौडेल, प्रधानाध्यापक दुर्गाप्रसाद पौडेल, सम्मानित व्यक्ति ईन्द्रप्रसाद पौडेल, छविलाल पौडेल, शर्मिला पौडेल, समुहका उपाध्यक्ष दुर्गादेवी पौडेल लगायतले समूहका विषयमा बोलेका थिए । कार्यक्रम सञ्चालन समूहका सदस्य एवं महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया