सामाजिक जवाफदेहिता सम्बन्धी अभिमुखीकरण

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहका लागि सामाजिक जवाफदेहिता सम्बन्धी एक दिवसीय अभीमुखीकरण चैत २८ गते पोखरामा सम्पन्न भयो ।
प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लम्जुङ र गोरखा जिल्लाका ४४ वटा स्थानीय तहका प्रमुख/अध्यक्ष तथा प्रमुख प्रशासकीय गरी जम्मा ६३ जनाको सहभागिता थियो ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित कानुनले निर्दिष्ट गरेका सुशासन र सामाजिक जवाफदेहिताका प्रावधानहरुलाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गरी नागरीक सन्तुष्टि अभिवृद्धि गर्न स्थानीय तहलाई सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमलाई सूचना आयोगका पूर्व प्रमुखआयुक्त कृष्णहरि बास्कोटा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे लगायतले सहजीकरण गरेका थिए ।
स्थानीय तहले सामाजिक जवाफदेहिता सम्बन्धी कार्यविधि निर्माण गरी आफूले प्रवाह गरेको सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने, स्थानीय तहमा कार्यान्वयन गरिने योजनाहरुको प्रभावकारिता बढाउन थप कार्य गर्नुपर्ने बारेमा कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दे मुख्यमन्त्री अधिकारीले सामाजिक जवाफदेहिता कायम गर्न सके स्थानीय तहमा पारदर्शिताका साथसाथै सुशासन समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानले प्रदेश स्थानीय तहको शासकीय क्षमता अभिवृद्धिका लागि विगत ३ वर्ष देखि निरन्तर क्रियाशील रहेको धारणा राखेका थिए ।
प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारी रकर्मचारी गरी १५ हजारभन्दा बढीलाई विभिन्न किसिमका प्रशिक्षण प्रदान गरेको छ । स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि र सुशासन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया