कालिका लघुवित्तको सभा

समाधान संवाददाता २०७९ चैत ३० गते ११:११

पोखरा ।
कालिका लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा भएको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्था हो ।

Advertisement

सभाले आ.व.०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावसहित आ.व.०७८/०७९ को १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस सेयर पारित गरेको छ । अब संस्थाको चुक्ता पूँजी ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।

लघुवित्तका सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा भएको सभाले संस्थाको सञ्चालक समितिमा रिक्त सदस्य चुनेको छ । संस्थापक समूहको सञ्चालकमा वालिङका नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएको सिइओ केशव प्रधानले जानकारी दिए । सभामा वित्तीय संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत फणीन्द्र पाण्डेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया