महोत्सवमा आलु किन्नेको भीड

समाधान संवाददाता २०७९ चैत ३० गते ११:३४

पोखरा ।
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेको भीड छ । महोत्सव हेर्न छिमेकी जिल्लाबाट समेत मानिस आएका छन् । बुधबारमात्रै करिब ५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समिति अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । उनले बुधबारसम्म १५ हजारभन्दा बढीले मेला हेरेको जनाए ।

Advertisement

कृषि उत्सवका रुपमा महोत्सव मनाइएकाले गाउँठाउँका स्थानीयले समेत महोत्सव उत्सुकताका साथ अवलोकन गरेका हुन् ।

बुधबार २ सय ९२ ग्राहकले १० टनभन्दा बढी आलु किनेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

हावापानीका कारण अन्य स्थानको भन्दा हेमजाको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो पाक्ने हुनाले त्यहाँ उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको तिमिल्सिनाले दावी गरे ।

महोत्सवमा बुधबार छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, परशुराम अधिकारी, बुद्धदेवी कुँवर, कमला गैह्रे, रक एन रक तथा गगन गुरुङका प्रस्तुति रहे ।

Advertisement

बिहीबार राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम, लाहुरे, काल रात्री तथा रक्षा ब्यान्डका प्रस्तुति रहने छन् ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम छन् । महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया