बोर्ड अफ ट्रस्टी सल्लाहकारमा तीर्थ

समाधान संवाददाता २०७९ चैत ३० गते ११:५१

पोखरा ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीको सल्लाहकारमा साहित्यकार तीर्थराज अधिकारीलाई मनोनित भएका छन् ।

Advertisement

लमजुङको दुराडाँडामा २००३ मा जन्मेका अधिकारीलाई उनको साहित्यिक योगदानलाई कदर गर्दै हालैमात्र सल्लाहकार चयन गरिएको हो ।

अधिकारी बोर्ड अफ ट्रस्टीका पूर्व सदस्यसमेत हुन् । सल्लाहकारमा गीता खत्री, रोहिणी शर्मा, पुरु सुवेदी र सीता पाण्डे पनि छन् ।

विश्वभर नेपाली उत्कृष्ट सिर्जनालाई पुर्‍याउन सन् १९९१ मा अनेसास गठन भएको हो । अहिले विश्वमा ६५ भन्दा बढी अनेसासका शाखा क्रियाशील छन् ।

Advertisement

तपाईको प्रतिक्रिया