महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने

पोखरा
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।
रामचन्द्र संघई चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन। उनलाई जिताउन आरजु राणा लागेकी थिइन् । ५० प्रतिशत मत कसैले पनि ल्याउन सकेनन् । पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाए ।
महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिपस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत अपुग्ने भएको हो ।
कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान आज हुने छ ।
निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया