समताको शिक्षा

उमेश रेग्मी २०७९ चैत ३० गते १२:३१

समता स्कुल आफैंमा अपरिचित नाम होइन । नेपालको शिक्षाको क्षेत्रमा यसको अतुलनीय योगदान छ । नेपालको राजधानी काठमाडौँबाट आरम्भ गरेको शैक्षिक यात्रा आज देशका विभिन्न भागमा पुगेको छ । यतिमात्र यसको पहिचान होइन, हाल यो विद्यालय भारत, म्यान्मार, वंगलादेश, श्रीलंका जस्ता देशमा पनि खुलिसकेको छ ।

Advertisement

न्यून शुल्कमा अंग्रेजी माध्यमा पढाइ हुने यस विद्यालयको स्थापना काठमाडौँको जोरपाटी अवस्थित नयाँवस्ती भन्ने ठाउँमा वि.सं. २०५७ सालमा भएको हो । तत्कालीन समयमा देश द्वन्द्वको महामारीमा रुमलिएको थियो । मानिसहरु गाउँ छोडेर सहर आएर बसेका थिए । कामको खोजीमा मानिस हिड्दै गर्दा आफ्ना सन्तानलाई पनि बिरालोले घर सारेजस्तै सार्नुपर्ने अवस्था थियो ।

शिक्षाका लागि मानिससँग पैसाको अभाव थियो किनभने तत्कालीन अवस्थामा खाना, र बास नै महत्वपूर्ण थियो । यस्तो अवस्था देखेर जोरपाटी नयाँ बस्ती निवासी उत्तम सञ्जेलले शिक्षाबाट कोही पनि बञ्तित हुन नपरोस् भन्ने ध्येयले समता स्कुल स्थापना गर्नुभयो ।

सजिलो कम त सबैले काम गर्दछन् । फरक काम गर्ने मानिस नै समाजमा रहन सक्छ ।

नेपालमा दुईखाले शिक्षा स्पष्ट देखिएको थियो तत्कालीन अवस्थामा र अहिले पनि । एकातिर सरकरी शिक्षा जो सबैले लिन चाहदैन थिए । अर्को निजी शिक्षा जो अत्यन्तै महंगो थियो र अहिले पनि छ । त्यसको बीचको उपायको खोजी गर्दै जाँदा अंग्रेजी माध्यममा न्यून शुल्कमा शिक्षा दिनु पर्छ र शिक्षाका माध्यमबाट मात्रै समाज व्यक्ति रुपान्तरण हुन सक्छ भन्ने प्रमुख लक्ष उत्तम सञ्जेलको रहेको थियो ।

Advertisement

काठमाडौँ जोरपाटीबाट सुरु भएको समता अभियान केही समय गुमनाम जस्तै रह्यो । जब जब सञ्चारका माध्यमबाट यसको चर्चा परिचर्चा हुन थाल्यो अनि यो विद्यालयको नाम र महत्व बढ्न थाल्यो । स्थापनाको केही वर्षमा नै यसले आफूलाई चिनाउन थाल्यो ।

त्यसपछि यस विद्यालयमा क्रमशः आदरणीय मदनकृष्ण श्रेष्ट, हरिवंश आचार्य, उपेन्द्र महतो जस्ता व्यक्तित्वको साथ जोडियो, तब देशका अन्य सहर तथा ग्रामीण क्षेत्रमा यसको स्थापना हुँदै गयो त्यसै शिलशिलामा समता स्कुल पोखरा पनि वि.स.२०६६ सालमा पोखरामा निर्माण सुरु भयो । पोखरा आफैंमा सुन्दर सहर अनि यहाँ निर्माण भएको बाँसको कलात्मक स्कुल । के बन्न लाग्यो भन्ने धेरैको जिज्ञास । यसै जिज्ञासाका बीच समता स्कुल पोखरा वि.सं २०६७ सालमा पोखरा ५ प्रस्याङमा स्थापना भयो ।

न्यून शुल्कमा अङ्ग्रेजी माध्यमा पढाउन सुरु भएको यो विद्यालय सुरुमा कक्षा ७ सम्म र त्यसपछि कक्षा १० सम्म सञ्चालन गरियो । हाल यस विद्यालयमा १ हजारभन्दा धेरै विद्यार्थीले वार्षिक न्यून शुल्कमा अंग्रेजी माध्यममा पढ्ने अवसर प्राप्त गरिरहनु भएको छ ।

सम भावको विचारले अभिप्रेरित छ समता स्कुल । पोखरा ५ प्रस्याङमा यो विद्यालय छ । यहाँ हरेक कक्षामा समान तथा न्यून शुल्क छ । यहाँ अध्ययन गर्न पोखरामात्र नभएर स्याङ्जा, धादिङ, तनहुँ, लामजुुङ, बागलुङ, पर्वत, म्याग्दी, रोल्पा, चितवन, नवलपरासी, पाल्पाका विभिन्न ठाउँबाट पोखरा आएर आफ्ना सन्तानको अध्यापनका लागि तथा रोजगारीका लागि बसोबास गरेका व्यक्तिले यस विद्यालयमा अध्ययन गरिरहेका छन् ।

समग्रमा गण्डकी प्रदेशमा यस विद्यालयले सेवा पुर्‍याईरहेको छ । थोरै शुल्क लिएर अध्ययपन गराउने काम साँच्चै सोचेजस्तो सजिलो छैन । केही मानिसले अप्ठ्यारो पाएर हजारौले शिक्षा पाउछन् भने यो काम गर्नु पर्दछ । सजिलो कम त सबैले काम गर्दछन् । फरक काम गर्ने मानिस नै समाजमा रहन सक्छ । बारम्बार उत्तम सञ्जेल भन्ने गर्नुहुन्छ ।

यो विद्यालय विद्यालयमात्र नभएर सेवा गर्ने पवित्र मन्दिर पनि हो, जहाँ हरेक दिन विद्यार्थीलाई व्यवहारिक शिक्षाका अतिरिक्त संस्कार सहितको शिक्षा दिने कोशिस गरिएको हुन्छ । विद्यार्थीको दिनको सुरुवात नमस्कारबाट हुन्छ र समाप्त पनि नमस्कारबाट नै हुन्छ । बिहानको ऐसेम्ब्ली (प्रार्थना) समयमा मानिसले गर्न हुने र नहुने कामको विद्यार्थीलाई बाचा गराइन्छ ।

निजी शिक्षा अत्यन्तै महंगो हुँदै गएको सन्दर्भमा समता शिक्षा निकेतनले अभिभावकको र विद्यार्थीको अंग्रेजी माध्यममा पढ्ने रहरलाई पूरा गराएको छ भने अर्कातिर अभिभावकको समग्रमा ठूलै रकम बचाएको पनि छ । त्यस कारण न्यून शुल्कमा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा समता शिक्षा निकेतनले गण्डकी प्रदेशमा नै उपलध गराइरहेको छ । यदि कोही अंग्रेजी माध्यममा न्यून शुल्क तिरेर पढ्ने रहर भएका व्यक्ति तपाई हाम्रो टोल छिमेकमा हुनुहुन्छ भने यो सन्देश आवश्यक पर्ने महानुभावसमक्ष पुर्‍याइ सहयोग पुर्‍याउन हुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया