महिमा मैत्री आमा समूहमा सरिता

पोखरा ।
पोखरा १ रहेको महिमा मैत्री आमा समूहको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले सरिता बराल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । सहअध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्ष विजया अधिकारी मानन्धर, सचिव दुर्गा बास्तोला, कोषाध्यक्ष रोशनी शर्मा आचार्य (रुषा), सहसचिव कल्पना खड्का कार्की र सहकोषाध्यक्ष पवित्रादेवी बास्तोला छन् ।
समिति सदस्यमा जमुना श्रेष्ठ, अनिता गुरुङ, सरस्वती अधिकारी, मीना अधिकारी, अम्बिका पौडेल, सीता सुवेदी अधिकारी, खेमा गुरुङ र शर्मिला गौतम बास्तोला छन् । कार्यक्रममा पोखरा १ का वडाध्यक्ष सहारा प्रधानले समाजका विकृति हटाउँदै विकासका लागि अगाडि बढ्न स्थानीय सरकारबाट सहयोग रहने बताए ।
सभाले संस्थाका सचिव विजया अधिकारी मानन्धरको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरिता बराल पौडेलले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । निर्वाचन संयोजक कृष्णप्रसाद पौडेलको सहजीकरणमा नयाँ समिति चुनिएको हो ।
समूहकी अध्यक्ष शारदा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव चन्द्रा श्रेष्ठ, कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, भीमबजार क टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया